घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१८ कार्तिक २०७८, बिहीबार
gold

काठमाडौं, १८ कात्तिक । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ ओरालो लागेको छ । हिजोको भन्दा ५ सय रुपैयाँ घटेर आज तोलाको ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको भाउ स्थिर छ ।

चाँदी हिजो तोलाको एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा दैनिक मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७