गस्तीमा गएको प्रहरीकै मोटरसाइकल चोरी


२० कार्तिक २०७८, शनिबार
bike
सांकेतिक तस्वीर

सप्तरी, २० कात्तिक । सप्तरीमा गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी भएको छ । बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो । बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक (असई) दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए ।

मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय, राजविराजका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे । उनले गस्तीमा जाँदा मोटरसाइकल हराएको र खोजबिन भइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७