नेपालले १०० रन कटायाे, क्रिजमा राेहित र साेमपाल


२८ फाल्गुन २०७४, सोमबार
nepal vs hongkong

काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलको हङकङ विरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले १०० रन कटाएको छ । नेपालले ३२ औं ओभरमा सय पुरा गरेको हो । नेपालले ३५ ओभरमा पाँच विकेट गुमाएर ११९ रन बनाएको छ । अहिले क्रिजमा रोहित कुमार पौडेल २७ र सोमपाल २१ रन बनाएर खेलिरहेका छन् ।nepal vs hongkong

नेपालको अनिल कुमार शाह २६ रन बनाएर आउट भए । ज्ञानेन्द्र मल्लले १२ रन आउट भएका छन् । उनीहरु दुबैलाई अजिज खानले आउट गरेको हो ।
यस्तै नेपालको कप्तान पारस खड्का ११ रन बनाएर आउट भएको छन् । उनलाई तानवीर अफजल आउट गरेका हुन् । आरिफ शेख २ रन र दीपेन्द्र सिहं ऐर १२ रन लाई इन्सान खानले आउट गरे ।
हङकङले जितका लागि नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । अहिले सोमपाल कामी र रोहित कुमार पौडेल क्रिजमा छन् ।
नेपालका लागि अन्तिम दुई विकेट करण केसीले लिए । उनले इन्सान नवाजलाई १३ रनमा नौं विकेट र इसान खानलाई २१ रनमा आउट गरे भने हङकङका नदिम अहमद ३ रनमा नटआउट रहे ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । उनले आठौं विकेटमा अजिज खानलाई ३३.४ ओभमा ३ रन, १४.३ ओभरमा साहिद वासिफलाई १ रनमा चौथो विकेटको रुपमा र १२.४ ओभरको तेस्रो विकेटको रुपमा आइसमान रथलाई १ रनमा आउट गरेका थिए ।
यसैगरी नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए । उनले सातौं विकेटको रुपमा तानविर अफजललाई १० रनमा ३०।४ ओभरमा आउट गरे । उनले नेपाललाई पहिलो विकेट दिलाएका थिए । उनले ९ रनमा खेलिरहेका क्रिस्टोफर कार्टरलाई बोल्ड पारे ।
यसैगरी ललित नायरण राजवशीले छैटों विकेटको रुपमा निजाकत खानको महत्वपूर्ण विकेट लिए । उनले २९।४ बलमा ४७ रनमा कप्तान पारस खड्काद्धारा क्याच गराए ।
नेपालका लागी दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेट लिए । उनले २२ ओभरको तेस्रो बलमा ३ रनमा आउट गरेका हुन् । भने नेपालका सोमपालले हङकङका कप्तान बाबर हायातलाई कट एण्ड बोल्ड पारे । बाबर २० रनमा आउट भए ।
टस हारेको नेपालले पहिले बलिङ गरेको हो । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना जीवित रहेको नेपाललाई आज जसरी पनि जितको आवश्यक छ । जितमा मात्र नभई फराकिलो रनरेटले जित्नु पर्नेछ । नेपालले हङकङलाई १५० रनमा रोक्न सफल भएमा नेपालले सो लक्ष्य ४ ओभर १ बल भित्र पछ्याउनु पर्ने छ । त्यस्तै लक्ष्य २०० पाएमा नेपालले सुपर सिक्समा प्रवेश हुन ५ ओभर ३ बल भित्र खेल जित्नु पर्छ ।
नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित हुन पुग्यो । शनिबार खेलिएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । तीन हारका बावजुद नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अति न्युन रहे पनि अझै जीवित छ ।
अर्को तर्फ हङकङ स्कटल्यान्ड र जिम्बावेसँग हारे पनि अफगानिस्तानविरुद्ध जित दर्ता गर्न सफल रह्यो । समूह ‘बि’मा नेपाल र हङकङसहित जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान रहेका छन् । स्कटल्यान्ड र जिम्बावे सुपर सिक्समा प्रवेश गरिसकेका छन् भने एक स्थान अझै खाली रहेको छ ।

अफगानिस्तान र हङकङको दुई–दुई अंक रहेको छ भने अंकविहिन रहेको नेपाल पुछारमा रहेको छ । आज हङकङविरुद्ध विशाल अन्तरको जित दर्ता गर्न सके नेपालले अफगानिस्तानलाई रनरेटमा उछिन्न सक्छ । तर हङकङलाई सामान्य अन्तरले हराउँदा नेपाल चौथो स्थानमा उक्लिने छ र प्ले–अफ खेल्दै एकदिवसीय मान्यता पाउन सक्ने सम्भावना रहेको छ ।
नेपालको ओपनिङले निकै आलोचना खेपिरहेको बेला आज ओपनरहरुको प्रस्तुति हेर्नलायक रहने छ । अघिल्लो खेलमा शरद भेषावकर ह्यामस्ट्रिङको चोटका कारण सहभागी थिएनन् भने उनको स्थानमा आएका करण केसीले सन्तोषजनक प्रदर्शन गरेका थिए ।
नेपाल अफगानिस्तान विरुद्धकै टोलीसहित मैदानमा उत्रिने छ । नेपालको हङकङसँग इतिहास भने खराब छ । खेलिएका दुई पछिल्ला खेलमा हङकङले दुवैमा जित हांसिल गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७