इराकमा प्रधानमन्त्री निवासमै ड्रोन हमला, प्रधानमन्त्री कादिमी ज्यान जोगाउन सफल


२१ कार्तिक २०७८, आईतवार
kadimini

काठमाडौं, २१ कात्तिक । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको थियो ।

प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्धेश्यले उक्त आक्रमण गराइएको इराकी अधिकारीहरुले बताएका छन् । ड्रोन आक्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र उनलाई अस्पताल लगिएको भनिए पनि प्रधानमन्त्री कादिमी आफैले सामाजिक सञ्जालबाट आफू सुरक्षित रहेको जानकारी दिएका हुन् ।

उनले इराक र इराकी जनताको हितका लागि शान्त र धैर्य बन्न पनि आग्रह गरेका छन् । थुप्रै सरकारी कार्यालयहरु र विदेशी दूतावासहरु समेत रहेको भीआपी क्षेत्रमा गराइएको हमलाको जिम्मेवारी भने कसैले पनि लिएको छैन । पछिल्ला दिनहरुमा इरानी सत्तासंग सम्बन्धित केही हतियारधारी समूहहरुले गत महिना इराकमा सम्पन्न निर्वाचनको परिणामलाई लिएर ग्रीनजोन नजिकै विरोध प्रदर्शन गर्दै आईरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७