तिहार पछि बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार


२२ कार्तिक २०७८, सोमबार
gold

काठमाडौं, २२ कात्तिक । तिहारपछिको पहिलो कारोबारका दिन आज (सोमबार) नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५ सय रुपैँयाले उकालो लागेर ९२ हजार ५ रुपैंयाँ कायम भएको छ । पहेंलो धातु गत बिहीबार प्रतितोला ९१ हजार रुपैंयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैँयाले तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा २५ रुपैँयाले उकालो लागेर एक हजार २५० रुपैँया कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५ रुपैँयामा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७