घट्यो सुनको भाउ


२३ कार्तिक २०७८, मंगलवार
gold

काठमाडौं, २३ कात्तिक । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ सामान्य ओरालो लागेको छ । हिजो एकै दिन तोलामा १५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने केही घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १२ सय ५० रुपैयाँमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७