इथियोपियामा राष्ट्रसंघका १६ कर्मचारी पक्राउ


२४ कार्तिक २०७८, बुधबार
ethiopia KP7XRc8RwX

काठमाडौं, २४ कात्तिक । संयुक्त राष्ट्रसंघले इथियोपियामा आफ्ना १६ स्थानीय कर्मचारी पक्राउ परेको बताएको छ । राष्ट्रसंघका अनुसार राजधानी सहर अदिस अबाबामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुमध्ये ६ जनालाई रिहा गरिएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले इथियोपियाको सरकारसँग बाँकी कर्मचारीलाई पनि रिहा गर्ने विषयमा वार्ता भइरहेको जानकारी दिएका छन् । उनका अनुसार इथियोपियाको सरकारले उनीहरुलाई पक्राउ गर्नुको कुनै कारण भने बताएको छैन ।

राष्ट्रसंघका विभिन्न एजेन्सीमा काम गरिरहेका कर्मचारी पक्राउ परेको विषयमा इथियोपियाको सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन । इथियोपियाको सरकार पछिल्लो एक वर्षदेखि उत्तरी प्रान्त टिग्रेको सेनासँग लडिरहेको छ ।

युद्ध सुरु भएसँगै इथियोपियाको राष्ट्रसंघसँगको सम्बन्ध पनि चिसिएको छ । राष्ट्रसंघले युद्धको कारण हजारौं मानिस अहिले भोकमरीमा रहेको हुन सक्ने अनुमान गरेको छ । गत सेप्टेम्बरमा इथियोपियाको सरकारले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रसंघका सातजना शीर्ष अधिकारीलाई देशनिकाला गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७