जर्मनीमा हालसम्मकै उच्च संक्रमण : एकै दिन थपिए ५० हजार संक्रमित


२५ कार्तिक २०७८, बिहीबार
korona 2

काठमाडौं, २५ कात्तिक । जर्मनीमा पछिल्लो २४ घण्टामै ५० हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महामारी शुरु भएदेखिको यो संख्या अहिलेसम्मकै बढी हो ।

रोबर्ट कोच इन्स्टिच्युट अफ हेल्थ सर्भिलेन्सका अनुसार २४ घण्टामा ५० हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २३५ जनाको मृत्यु भएको छ । युरोपेली देशहरुमध्ये जर्मनीमा अहिले कोरोना भाइरस संक्रमण अधिक मात्रामा बढिरहेको छ । बुधबार जर्मनीकी चान्सर एन्जेला मार्कलले अहिलेको बढ्दो संक्रमणलाई नाटकीय रुपमा बढिरहेको बताएकी छिन् ।

अस्पतालमा पनि बिरामी भर्नाको संख्या बढिरहेको देखिन्छ । धेरै अस्पतालले आईसियु सबै प्याक रहेको र नयाँ बिरामी भर्ना लिन नसक्ने बताइरहेका छन् । बर्लिन चारेट हस्पिटलकी भाइरोलीजी विभागकी प्रमुख डा. क्रिस्टियन ड्रोस्टेन भन्छन्, ‘अहिले हामी साँच्चिकै आपतकालीन अवस्थामा छौं ।’

कोरोनाको प्रकोप खोप कम लगाइएको स्थानमा फैलिएको छ । जर्मनामा अहिले जनसंख्याको ६७ प्रतिशतलाई मात्र खोप लगाएको अवस्था छ । हालसम्म जर्मनीमा ४९ लाख जना कोरोना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७