टिकौली जङ्गलमा शव फेला


२९ कार्तिक २०७८, सोमबार
deadbodii1636956213

चितवन, २८ कात्तिक । चितवनको टिकौली जंगलमा परिचय नखुलेका एक पुरुषको सडेगलेको अवस्थामा एक पुरुष मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान साढे ७ बजे अन्दाजी ६० वर्षका पुरुषको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा केही दिन अघि उनको मृत्यु भएको र कपडाले बेरिएको अवस्थामा पूर्व पश्चिम राजमार्गबाट १०० मिटरभित्र जंगलमा भेटिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । स्थानीयले शव देखेपछि प्रहरी घटनास्थलमा पुगेको छ । हालसम्म शवको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७