राखेपका नौं बोर्ड सदस्य बर्खास्त


३ मंसिर २०७८, शुक्रबार
rakepa 20211115015237

काठमाडौं, ३ मंसिर । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नौं जना बोर्ड सदस्यलाई बर्खास्त गरेको छ । मन्त्रालय स्रोतका अनुसार रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुनबहादुर केसी र विज्ञका रुपमा मनोनित इन्दिरा निरौला एवं रिम रानाभाटलाई बर्खास्त गरेको हो ।

त्यस्तै उद्योग वाणिज्य महासंघबाट मनोनित गोपाल खनाल तथा शाहसिक, परम्परागत तथा पर्यटकीय खेलकुदबाट मनोनित गोविन्द भट्टराईलाई पनि बर्खास्त गरेको छ ।

यसअघि खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयअनुसार राखेपका नौं जना बोर्ड सदस्यसँग स्पष्टीकरण मागेका थिए । चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि उनीहरुलाई बर्खास्त गरेको मन्त्रालय स्रोतको दाबी छ । उनीहरुलाई तत्कालीन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बोर्ड सदस्यमा मनोनित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७