३३२ मा कोरोना संक्रमण, २३२ जना निको, चारको मृत्यु


८ मंसिर २०७८, बुधबार
korona

काठमाडौं, ८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७,५९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २,३३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेका छन् । जसमध्ये काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७