सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

ओलीले बन्द सत्र हलमा पस्दै भने, ‘सहमति भइसक्यो’


११ मंसिर २०७८, शनिबार
banda satra 2.jpg .2021 11 27

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द सत्र शुरु भएको हो ।

सौराहामा आज बिहान १० बजेदेखि शुरु हुने भनिएको बन्द सत्रको कार्यक्रम दिउँसो करिब साढे ३ बजे मात्र शुरु भएको हो । शुरुमा विदेशी अतिथिहरूले शुभकामना मन्तव्य दिएका छन् । यसअघि, अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन हुने दोहोर्‍याएका छन् । बन्द सत्र हलभित्र प्रवेश गर्नुअघि शनिबार दिउँसो उनले सहमतिमा नेतृत्व चयन हुने बताएका हुन् ।

bandasatra 6.jpg .2021 11 27

बन्द सत्र हलको मूल गेटमा प्रतिनिधिहरूको जिज्ञासामा उनले सहमति जुट्ने संक्षित प्रतिक्रिया दिएका छन् । ‘सहमति हुन्छ, पक्कै हुन्छ, सहमतिमै हुन्छ’, उनले भने । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी छ । अध्यक्षका आकांक्षी भीम रावलले भने प्रतिनिधिहरूसँग मत मागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७