हुती लडाकुले खसाले अमेरिकी सेनाको तीन करोड डलर पर्ने ड्रोन


१५ बैशाख २०८१, शनिबार
dron

काठमाडौं । यमनको हुती लडाकुहरुले अमेरिकी सेनाको एमक्यू–९ रिपर ड्रोन खसाएको बताएका छन् । इरान समर्थित सो समूहले गाजामा इजरायली आक्रमणको विरोध गर्दै विरोधीहरुलाई निशाना बनाउँदै आएको छ ।

सो समूहका सैन्य प्रवक्ता याया सारीले एक भिडिओ सन्देश सार्वजनिक गर्दै लाल सागरमा एउटा तेल बोक्ने जहाजमा क्षेप्यास्त्र प्रहार गरिएको पनि बताएका छन् । अमेरिकी सेनाले एन्ड्रोमेडा स्टार नामक जहाजमा क्षति पुगेको पुष्टि गरेको छ । सो जहाज हालै सेसेल्समा दर्ता कम्पनीलाई बेचिएको बताइएको छ ।

त्यसका लागि हुती लडाकुले तीन वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाको भनाइ छ । सो जहाजमा सामान्य क्षति पुगेको र उसले यात्रा जारी राखेको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ । त्यसका अलावा आक्रमण गर्न आएको एउटा एमक्यू–९ रिपर ड्रोन खसाइएको हुतीका सैन्य प्रवक्ताको भनाइ छ ।

यसबारे भने अमेरिकी सेनाले केही बताएको छैन । तर, अमेरिकी प्रसारक सीबीएसले एउटा ड्रोन दुर्घटना भएको पुष्टि भएको छ । यस्तो ड्रोनको मूल्य प्रतिगोटा ३ करोड डलर पर्ने बताइन्छ । दुर्घटनाको कारणबारे छानबिन भइरहेको सीबीएसले जनाएको छ । गाजा युद्ध सुरु भएयता हुतीहरुले खसाएको यो तेस्रो अमेरिकी ड्रोन हो । यसअघि उनीहरुले नोभेम्बर र फेब्रुअरीमा एमक्यू–९ रिपर खसाएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७