पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प


१३ मंसिर २०७८, सोमबार
earthquake

काठमाडौं, १३ मंसिर । पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि राष्ट्रपति पेद्रो क्यास्तिल्लो तेरोन्सले सबै नागरिकहरूलाई धैर्य रहन भन्दै भूकम्प प्रभावितहरूप्रति ऐकवद्धता जनाएका छन् ।

उनले प्रभावितहरूका लागि सहयोगको अपिल समेत गरेका छन् । आइतबार बिहान पेरुको अमेजन क्षेत्रमा ७.५ म्याग्निच्यूडको भूकम्प गएको हो । जसकारण स्थानीय आदिवासी समुदायका मानिसहरू सुरक्षित स्थानको खोजीमा सडकमा निस्किएका थिए । मानवीय क्षति नभए पनि केही भौतिक संरचनामा क्षति पुगेको बताइएको छ । घटनापछि राष्ट्रपति पेद्रोले सम्बन्धित मन्त्रालय र विभागहरूलाई सहयोग जुटाउन पनि निर्देशन दिएका छन् ।

स्थानीय मिडियाका अनुसार अमेजन क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । तैपनि राजधानी लिमा र अन्य छिमेकी सहरमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । भूकम्प ११२ किमि गहिराइसम्म गएको पनि बताइएको छ । भूकम्पपछि सुनामीको भने संकेत गरिएको छैन । आइतबार नै यसअघि ५.२ म्याग्निच्यूडको भूकम्पको महसुस गरिएको बताइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७