बागलुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते


१५ मंसिर २०७८, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

बागलुङ, १५ मंसिर । बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–१ खहरेको सडकछेउमा जीप पल्टिँदा बागलुङ नगरपालिका–६ सिम बस्ने ४५ वर्षीय श्याम शर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बा १८ च ५६७७ नम्बरको उक्त जीपमा सवार अन्य तीन जना घाइते भएका छन् ।

घटनाको जानकारी भएपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा उद्धारका लागि पठाइएको छ । घाइतेलाई धौलागिरी अस्पतालमा उपचारका लागि ल्याउन स्थानीय र प्रहरीले तयारी गरेको छ । घाइतेको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७