मोरङ कांग्रेसको सभापतिमा इतर समूहका लिम्बु निर्वाचित


१५ मंसिर २०७८, बुधबार
dig bahadur limbu

मोरङ, १५ मंसिर । नेपाली कांग्रेस मोरङको सभापतिमा संस्थापन इतर समूहका डिगबहादुर लिम्बु विजयी भएका छन् ।
मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको संयुक्त समर्थन रहेका दिलीप गच्छदारलाई हराउँदै लिम्बु जिल्ला सभापति बन्न सफल भएका हुन् ।

विजयी लिम्बुले १,९०६ मत ल्याउँदा उनका प्रतिस्पर्धी गच्छदारले १,४२२ मत पाएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको चुनावमा तीनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि मोरङमा कांग्रेस जिल्ला नेतृत्व चयनका लागि पुनः मतदान गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७