कांग्रेस १४ औं महाधिवेशन : २९ मतपत्रमा भोट हाल्नु पर्ने, लोगो सार्वजनिक गरिंदै

प्रदेश, उमेर र समावेशिताका आधारमा यस्तो छ कांग्रेसको क्रियाशील सदस्यता सूची


१६ मंसिर २०७८, बिहीबार
congress bishwa

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रतिनिधिले २९ वटा मतपत्रमा मत हाल्नुपर्ने भएको छ । एक प्रतिनिधिले २९ मतपत्रमा मत हाल्दा ४५ मिनेटदेखि एक घण्टासम्म लाग्न सक्ने पार्टी केन्द्रीय महाधिवेशन प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी गराए । उनका अनुसार डिजिटल भोटिङको विषयमा छलफल भइरहेको छ । तर, अन्तिम निर्णय भएको छैन ।

कागजी मतपत्रमा भोट हाल्दा धेरै समय लाग्ने भएकोले डिजिटल भोटिङको विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।
काठमाडौंको राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए । कांग्रेस महाधिवेशनअन्तर्गत यही मंसिर २७ गतेदेखि उक्त स्थानमा मतदानको तयारी गरिएको हो ।
लोगो सार्वजनिक गरिँदै
पार्टी सभापति शेरबहादुर देउवाले आज अपराह्न ४ बजे महाधिवेशनको लोगो सार्वजनिक गर्दैछन् । प्रदेश महाधिवेशनको उद्घाटनसँगै महाधिवेशनको लोगो सार्वजनिक गर्ने प्रचारप्रसार विभागका प्रमुख शर्माले जानकारी दिए ।

आज लोगो सार्वजनिक भए पनि दुई दिनपछि मात्र होडिङबोर्ड, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्रचारप्रार गरिने जनाइएको छ । महाधिवेशनको नारा पनि तय गरिएको छ । शर्माका अनुसार ‘उत्साह, एकता, रूपान्तरण सफल बनाउन नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ नारा तय गरिएको छ ।

कांग्रेसको क्रियाशील सदस्यता : प्रदेश, उमेर र समावेशिताका आधारमा यस्तो छ सूची

आसन्न १४औं महाधिवेशनका लागि नेपाली कांग्रेसले सातै प्रदेशका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ। प्रदेशगत रूपमा सार्वजनिक क्रियाशील सदस्यताको सूचीलाई कांग्रेसले उमेर तथा समावेशिताका आधारमा पनि विश्लेषण गरेको छ।
कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या
प्रदेश नम्बर १ मा – १ लाख ७४ हजार ८ सय १३

प्रदेश नम्बर २ मा – १ लाख ९ सय ९९

बागमती प्रदेशमा – १ लाख ८६ हजार ३ सय ३५

गण्डकी प्रदेशमा – १ लाख १८ हजार, १ सय ४५

लुम्बिनी प्रदेशमा – १ लाख ३१ हजार, १ सय १७

कर्णाली प्रदेशमा – ५३ हजार ५ सय ९६

सुदूरपश्चिम प्रदेशमा – ७५ हजार १ सय १

उमेरअनुसार
१६–२५ वर्ष समूह – ३८ हजार ९४२ – ४.३७%

२६–४० वर्ष समूह – २ लाख ४३ हजार २८७ – २७.३%

४१–६० वर्ष समूह – ३ लाख २१ हजार १८४– ३६.०४%

७५ वर्षमाथि – ११ हजार ६२३ – १.३%

पुरुष – ६ लाख ४४ हजार ५६५ – ७२%

महिला – १ लाख ९५ हजार ३७२ – २१.९२%

अन्य – १६९ – ०.०१%

समावेशिताका आधारमा
दलित – ४४ हजार १७७ – ४.९%

आदिवासी जनजाति– २ लाख ६ हजार ७३६ – २३.१९%

मुस्लिम – १६ हजार १४२ – १.८%

थारु – २७ हजार ३३८ – ३.०१%

मधेसी – ८९ हजार ४३९– १०%

खस आर्य – ३ लाख ६७ हजार २७४ – ४१.२१%

पिछडिएको क्षेत्र – १४ हजार ३०६ – १.६%

अपांगता भएका – १८२ – ०.०२%

अल्पसंख्यक – ६ हजार ६२५ – ०.७४%

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७