न्यायाधीश कार्कीलाई दुबै बार अध्यक्षको आग्रह : प्रधानन्यायाधीशको जिम्मेवारी लिनुस्


१६ मंसिर २०७८, बिहीबार
bar

काठमाडौं, १६ मंसिर । न्यायाधीश दिपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी लिन कानुन व्यवसायीले आग्रह गरेका छन् । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराप्रति असन्तुष्ट न्यायाधीश, नेपाल बार एशोसिएसन, सर्वोच्च बारबीच भएको छलफलमा कानुन व्यवसायीहरुले इजलास प्रभावित भएको भन्दै वरिष्ठ न्यायाधीश कार्कीसँग यस्तो आग्रह गरेका हुन् ।

बुधबार सर्वोच्चमा सुनुवाइ प्रभावित भएपछि आगामी कदमबारे न्यायाधीश र नेपाल बार तथा सर्वोच्च बार एशोसिएसनका पदाधिकारीबीच छलफल गर्ने निर्णय भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कायममुकायम प्रधानन्यायाधीश नतोकिदिँदा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न समेत अन्योल भएको छ । प्रधानन्यायाधीश जबरा कोरोना भाइरसबाट संक्रमित भइ अस्पताल भर्ना भएपछि मुद्दाको पेसी प्रभावित भएको हो । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचारत छन् ।

नेपालको संविधानको धारा १२९(६) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले सर्वोच्च अदालतमा उपस्थित हुन नसकेमा वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भइ काम गर्ने व्यवस्था छ ।

तर अस्पतालमा भर्ना भएका जबराले बिदा लिएका छन् न त कुनै न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीश तोकेका छन् । बुधबार गोला प्रकियाबाट पेसी तोकिए पनि कायममुकायम प्रधानन्यायाधीश नहुँदा सुनुवाइ प्रभावित भएको थियो। त्यस दिन २ एकलसहित ११ इजलास तोकिए पनि मुद्दाको सुनुवाइ भने भएन । यता सत्ता गठबन्धनले पनि प्रधानन्यायाधीशलाई बिदामा बस्न सुझाव दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७