प्रधानन्यायाधीशले कायममुकायम तोक्न मानेनन्

अस्पतालबाट आज ‘डिस्चार्ज’ हुँदै, भने, ‘कार्यवाहकबारे भोलि छलफल गरौंला’


१६ मंसिर २०७८, बिहीबार
cholendra

काठमाडौं, १६ मंसिर । कोरोना संक्रमण भइ काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कायममुकायम तोक्न अस्वीकार गरेका । उनी आफू बिदामा रहे पनि कायममुकायम प्रधानन्यायाधीश तोक्न मानिरहेका छैनन् ।

प्रधानन्यायाधीश जबराले आफू अस्पतालबाट डिस्चार्ज भएर भोलि आएपछि छलफल गर्ने जवाफ न्यायाधीशलाई फर्काएका छन् । राणा अस्पताल भर्ना भएसँगै सर्वोच्च अदालतमा मुद्दाको पेसी नै नतोकिने स्थिति आएको भन्दै न्यायाधीशहरु बिहीबार छलफलमा जुटेका थिए । सोही क्रममा न्यायाधीश हरीकृष्ण कार्कीले प्रधानन्यायाधीशलाई फोन सम्पर्क गरेका थिए । कार्कीलाई प्रधानन्यायाधीशले फोनमा भोलि अस्पतालबाट डिस्चार्ज भएर आउने र त्यसपछि छलफल गर्ने जबाफ दिएका थिए ।

कानुन व्यवसायीले वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई संविधानको धारा १२९ (६) अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका छन् । संविधानको धारा १२९ (६) मा प्रधानन्यायाधीश काम गर्न असमर्थ भएमा वा अदालतमा उपस्थित नभएमा वरिष्ठतम न्यायाधीश स्वतः कार्यवाहक प्रधानन्यायाधीश बन्ने उल्लेख छ ।

सर्वोच्चमा बिहीबार ढिलो गरी इजलास गठन भयो । समयमा इजलास बस्न नसक्दा मुद्दाको सुनुवाइ समेत प्रभावित भएको छ। गोला प्रक्रियाबाट मुद्दाको सुनुवाइ हुने अपेक्षा गरिएको थियो । तर, नेतृत्व तहमा विवाद नसल्टिएपछि मुद्दाको सुनुवाइ प्रभावित भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७