आठ महिनापछि कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य


१७ मंसिर २०७८, शुक्रबार
korona

काठमाडौं, १७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ६,४०० पीसीआर र १,४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ । कुल संक्रमितमध्ये ६,९२१ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३४६ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख ३,७१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुनै संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा आठ महिनापछि कोभिड–१९ बाट मृत्यु हुनेको संख्या शून्य भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

हाल ९८ जना क्वारेन्टाइनमा छन् । १०७ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर एक लाख ७५ हजार ५५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७