कांग्रेस कर्णाली प्रदेश सभापतिमा देउवा पक्षका ललिजङ्ग शाही विजयी


१९ मंसिर २०७८, आईतवार
lalitsinha bohara darchula ifNhm5SiPO

सुर्खेत, १९ मंसिर । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाहीसहित प्यानल नै विजयी भएको छ । आइतबार बिहान सम्पन्न मत गणना अनुसार ललितजंगले भूपेन्द्रजंग शाहीलाई ९१ मत पराजित गरेका छन् ।

ललितजंगले ४२२ मत पाएका छन् भने भूपेन्द्रजंगले ३७१ मत पाएका छन् । प्रदेश सभापतिमा अर्का प्रत्यासी मोतीराज बमले जम्मा ७ मत पाएका छन् । ललितजंगलाई सभापति शेरबहादुर देउवा र भुपेन्द्रजंगलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन रहेको थियो । बम कांग्रेस उपसभापति विमलेन्द्र निधि पक्षको समर्थन रहेको थियो ।

उपसभापतिमा ललितजंगकै प्यानलका कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन् । त्यस्तै, महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकाया निर्वाचित भएका छन् । सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७