आन्दोलनरत कानून व्यवसायी ओली भेट्न बालकोट जाँदै


२१ मंसिर २०७८, मंगलवार
kp oli 3

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बार एसोसिएसनको टोली ओली निवास बालकोट पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।

बार उपाध्यक्ष रक्षा बस्यालका अनुसार नेपाल बारको नेतृत्वमा दिउँसो साढे १२ बजे अध्यक्ष ओलीलाई बालकोटमा भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ । सो क्रममा नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारी समेत जाने भएका छन् । यसअघि बारको टोलीले अन्य राजनीतिक दलका नेताहरुलाई भेटेर राणालाई महाअभियोग लगाउनुपर्ने सुझाव सहितको ज्ञापनपत्र बुझाइसकेका छन् ।

प्रधानन्यायाधीश राणाका कारण नेपालको न्यायालयमा विचलन आएको भन्दै कानुन व्यवसायीसहित न्यायाधीशहरूले समेत राणाको राजीनामा माग्दै आएका थिए । तर राणाले आफू संवैधानिक प्रक्रियाबाट नियुक्त भएकाले प्रक्रिया विपरित राजीनामा नगर्ने अडान अघि सारेपछि उनीमाथि महाअभियोग लगाएर भएपनि हटाउनुपर्ने माग नेपाल बारले अघि सारेको छ ।

कानुन व्यवसायीहरुको माग अनुसार सत्ता गठबन्धनमा समेत महाअभियोगबारे अनौपचारिक छलफल भएपनि ठोस निणर्य भने भैसकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउनुपर्ने मागको विपक्षमा छ । यदि सत्ता गठबन्धनले राणामाथि महाअभियोग लगाए संसद पुर्नस्थापना गर्न आदेश दिने अन्य न्यायाधीशमाथि पनि महाअभियोग लगाउनुपर्ने एमालेको भनाई रहँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७