एमालेले तोक्यो सात प्रदेश संगठन कमिटीका पदाधिकारी (सूचीसहित)


२६ मंसिर २०७८, आईतवार
amale

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) ले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरि सबै प्रदेशमा नियुक्त गरेको हो । हिजोको केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशनको मिति तोकिएको थियो । नयाँ पदाधिकारी आएपछि उनीहरु स्थानान्तरण हुनेछ ।

बैठकले ७ भौगोलिक प्रदेश र एक गैरभौगोलिक गरी ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।

जसअनुसार प्रदेश-१ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ । उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।

यस्तो छ सूची
प्रदेश नम्बर १

अध्यक्ष – तुलसी न्यौपाने
उपाध्यक्ष – टिक चेम्जोङ
सचिव – चिन्तन पाठक
सहसचिव – धन तामाङ
सहसचिव – शैलेश लामा

प्रदेश नम्बर २

अध्यक्ष – राम अवतार यादव
उपाध्यक्ष – रेवती पन्त
सचिव – डा. कृष्ण पौडेल
सहसचिव – फर्मुद नदाब
सहसचिव – आरती भण्डारी

बागमती प्रदेश

अध्यक्ष – केशव पाण्डे
उपाध्यक्ष – रामहरी सुवेदी
सविच – विजय सुवेदी
सहसचिव – रत्न गुरुङ
सहसचिव – महेश बर्तौला

गण्डकी

अध्यक्ष – नवराज शर्मा
उपाध्यक्ष – मोहन रेग्मी
सचिव -धनञ्जय दवाडी
सहसचिव – मञ्जु अधिकारी
सहसचिव – रश्मी आचार्य
लुम्बिनी
अध्यक्ष – राधाकृष्ण कँडेल
उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
सचिव – लक्ष्मण आचार्य
सहसचिव – लीला राना
सहसचिव – दुर्गा थारु
कर्णाली
अध्यक्ष- विनोद शाह
उपाध्यक्ष – लालबहादुर महतारा
सचिव – कमल शाही
सहसचिव- रुपा शाही
सहसचिव -टेकराज पछाइ
सुदूरपश्चिम
अध्यक्ष- दामोदर भण्डारी
उपाध्यक्ष – कमल तिमिल्सिना
सचिव – धर्मराज पाठक
सहसचिव- बलदेव रेग्मी
सहसचिव -भागिरथी विष्ट
उपत्यका विशेष
अध्यक्ष- प्रेमकुमार पराजुली
उपाध्यक्ष – विदुर कार्की
सचिव – समिर नेपाल
सहसचिव- उर्मिला सुनुवार
सहसचिव -चन्द्र रिजाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७