३,१८१ मत गनियो : देउवालाई १,५०६, शेखरलाई १,१७८ (अपडेट)


२८ मंसिर २०७८, मंगलवार
mat

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मत गणना जारी छ । अहिलेसम्म प्राप्त मत गणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् ।

अहिलेसम्म ३,१८१ मत गणना हुँदा देउवाले १५०६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १,१७८ र प्रकाशमान सिंहले २५४ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले १७३ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १५ मत मात्र प्राप्त भएको छ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना शुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना शुरु भएको हो । बिहान ११ बजे शुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो । कूल ४, ७४३ मतदातामध्ये ४,६७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।
१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७