चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा, कागजात बरामद


२९ मंसिर २०७८, बुधबार

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा छापा मारेर विभिन्न कागजातहरु नियन्त्रणमा लिएको छ ।

अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो । ‘अख्तियारको टोलीले निर्माण भएका सडकदेखि संरचनासम्मको स्थलगत अनुसन्धान गरी कागजात बरामद गरेको हो,’ उनले भने ।

अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको भट्टराईले भने । चाँगुनारायण नगरपालिकामा खरिद र भुक्तानीमा व्यापक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७