ओली लोकतान्त्रिक व्यवस्था विघटन गराउनेतर्फ लागेका छन् : मन्त्री झाँक्री


२९ मंसिर २०७८, बुधबार
ram kumari
फाइल फोटो

जनकपुर । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्दत रहेको आरोप लगाएकी छिन् ।

बुधवार जनकपुर पुगेकी मन्त्री झाँक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्दत रहेको बताएकी हुन् । ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउने तर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओली जस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्नु हुन्छ कि बन्नु हुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताइन् ।
ओलीले आफूले गरेको संसद विघटनको औचित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उनको भनाई छ । उनले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानून निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि उनले उल्लेख गरिन् ।

मन्त्री झाक्रीले एमाले पार्टी दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको आरोप लगाइन् । एमालेको दशौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको उनको भनाई छ । उनले एमाले निरन्तर ओरालो लागेको जिकिर गरिन् । मन्त्री झाक्रीले श्रमजिवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दाबी पनि गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७