उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र खुशीयाली मनाउन प्रतिबन्ध


२ पुष २०७८, शुक्रबार
north korea leader kim jong UaD4VbtyDh

काठमाडौं । उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुशीयाली मनाउन प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाली पूर्व नेता किम जोङ्ग इलको १० औं पुण्यतिथिमा शोक मनाउनका लागि ११ दिने प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति कार्यालयको प्रशासनले निकालेको आदेशमा किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, जाँड-रक्सी खान नपाउने उल्लेख छ । यस्तै जन्म दिन मनाउने तथा कुनै प्रकारको खुशी मनाउन पूणर् रूपमा रोक लगाइएको छ । निगरानीका लागि सुरक्षाकर्मी खटाएको भन्दै आदेश उल्लङ्घन भएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

यसपालि पूर्व नेता किम जोङ्ग इलको १० औं पुण्यतिथि परेकोले ११ दिनसम्म शोक मनाउन लागिएको हो । सामान्यतया प्रत्येक वर्ष १० दिने शोक अवधि मनाइन्छ । १७ वर्ष उत्तर कोरियामा शासन गरेका किम जोङ्ग इलको निधन सन् २०११ को डिसेम्बर १७ मा भएको थियो । त्यसपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७