सप्तरी कारागारमा थुनामा रहेका एकको मृत्यु


२ पुष २०७८, शुक्रबार
saptari jail2021 12 17 03 00 29

सप्तरी । सप्तरी कारागारमा थुनामा रहेका एक जनाको शुक्रबार मृत्यु भएको छ । पेट दुख्न थालेपछि उपचारका लागि अस्पताल लगिएका ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो ।

‘बिहान ८ बजेतिर पेट दुख्यो भनेपछि उपचारको लागि निजी क्लिनिकमा लगेका थियौं’, जेलर सुमन कोइरालाले भने, ‘क्लिनिकमै उनी बेहोस भए । त्यसपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरेका थियौं ।’ उपचारकै क्रममा उनको बिहान सवा ११ बजे मृत्यु भएको कोइरालाले बताए ।

उनको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै कोइरालाले जानकारी दिए । सुनसरीको दुहबी- ४ का खतिवडा कागजात कीर्ते गरी ठगी मुद्दामा ०७५ साउन १७ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७