२,५९८ निमावि शिक्षकका लागि खुल्यो जागिर (सूचनासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीका लागि शिक्षकको विज्ञापन खुलाएको छ । २,५९८ जना शिक्षकका लागि आयोगले विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
आयोगले माध्यमिक तहमा मंसिर २९ गते नै विज्ञापन खुलाइसकेको छ । माध्यमिक तहमा पुस २९ सम्म तोकिएको दस्तुर र माघ ६ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । मावि तहको परीक्षा चैत १५ गतेलाई तोकिएको छ । प्रावि तहको शिक्षक पदको विज्ञापन पनि पुस १५ भित्र प्रकाशन हुने आयोगको भनाइ छ ।