कांग्रेस प्रदेश-२ अधिवेशनमा कुटाकुट, मतदान भोलिलाई सर्‍यो


७ पुष २०७८, बुधबार
Congress 2 Matdan1640170399

जनकपुर । नेपाली कांग्रेस प्रदेश-२ को जारी अधिवेशनमा झडप भएको छ । विमलेन्द्र निधि र शेरबहादुर देउवा समूहबीच कुटाकुट भएको हो । बुधबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि अहिलेसम्म सुरु नगरेको भन्दै आक्रोशित नेता कार्यकर्ताले नाराबाजी गरेपछि झडप भएको थियो ।

मतपत्र नछापिएकाले भोलि बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए । ‘मतपत्र छाप्न ढिलाइ भएकाले आज मतदान हुन सकेन । मतदान प्रक्रिया अब भोलि मात्र हुनेछ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७