आफ्नै पार्टी एमालेले लगातार संसद अवरोध गरेकोमा भीम रावलले गरे आलोचना


९ पुष २०७८, शुक्रबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाका हरेक बैठकमा ‘होहल्ला’ गर्ने आफ्नै पार्टीको शैलीविरुद्ध पुनः आलोचना गरेका छन् ।

देश र जनताका विषयमा महत्वपूणर् छलफल हुने संसदमा निरन्तर अवरोध गरेको भन्दै आफ्नै पार्टी एमालेको नीतिप्रति यसअघि पटक पटक असन्तुष्टि जनाएका नेता रावलले आज (शु्क्रबार) बिहान पनि पुनः आलोचना गरेका हुन् ।

‘संसदमा राष्ट्रियता, जनसरोकार, अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूणर् विषय र कानुन होहल्लाको बीचमा सरकारले चाहेअनुसार खुरुखुरु पारित गर्न दिने नीति र कार्यादेश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ’, रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ ।’

हालै सम्पन्न एमालेको १०औं महाधिवेशनमा अध्यक्ष पदमा हारेयता रावल एमालेको कार्यकारी भूमिकामा छैनन् । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सल्लाहकार सदस्य बनाएको भने पनि उनले अस्वीकार गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७