नेपालमा एक करोड बढीले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खाेप


१३ पुष २०७८, मंगलवार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबारसम्म नेपालमा एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

अहिलेसम्म एक करोड ३४ लाख ७३ हजारले पहिलो मात्रा खोप लगाएका स्वस्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा खोप लक्षित जनसंख्या एक करोड ९९ लाख २२ हजार एक सय ६४ छ ।

नेपालमा अहिलेसम्म पहिलो र दोस्रो मात्रा लगाउनेको संख्या दुई करोड ३७ लाख ४० हजार पुगेको छ । अहिलेसम्म लक्षित जनसंख्याको ५१ प्रतिशतले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप लगाउनेको संख्या बढ्दै गएकाले नेपालमा कोभिड संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या निकै घटेको छ । गम्भीर बिरामीको संख्यासमेत न्यून रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७