नेकपा (एस) र नेकपा जनवादीबीच पार्टी एकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी) बीच पार्टी एकता भएको छ । देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) बीच मंगलबार एक समारोहबीच पार्टी एकीकरण भएको हो ।


महताले २०६२ सालमा नेकपा (जनवादी) पार्टी गठन गरेका थिए । पार्टी एकता समारोहलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनवादीका अध्यक्ष महताले सम्बोधन गरेका छन् ।