अब डाक्टरलाई नेपालमै इन्टर्नसिप


१७ पुष २०७८, शनिबार

काठमाडौं । चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा अध्ययन गरेका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको हो ।

सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७