निर्वाचन तालिका सार्वजनिक, राति ८ बजेदेखि उम्मेद्वारी दर्ता


१७ पुष २०७८, शनिबार
kamdfmdg1641036528

काठमाडौं । नेकपा माओवादीको नयाँ केन्द्रीय सदस्यमा सहमति गर्न दिइएको समय सकिएको छ । अहिले प्रतिनिधिहरु बन्दसत्र हलभित्र प्रवेश गर्न थालेका छन् ।

तर बैठक शुरु भइसकेको छैन । अब बस्ने बैठकमा अध्यक्ष मण्डलले प्रस्तावित केन्द्रीय सदस्यको नाम घोषणा गर्नेछ । त्यसमा सहमति भए ध्वनि मतका आधारमा अनुमोदन गरिने छ । नभए चुनावी प्रक्रिया शुरु गर्न निर्वाचन समितिको बैठक बस्ने छ । यसैबीच महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । विधान पारित भएसँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूणर् समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्‍याइएको छ ।

महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

५० प्रतिशतको पूणर् समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने बताइएको छ ।

यस्तो छ निर्वाचन कार्यतालिका

talika

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७