माओवादी केन्द्रको नयाँ नेतृत्व चयन सहमतिमै कि चुनावमै पुग्ला ?

यस्तो छ संशोधित निर्वाचन कार्यतालिका


१८ पुष २०७८, आईतवार
Maoist Center 8th General Convention Bandasartra

काठमाडौं । सहमतिका लागि थप गृहकार्य गर्ने भन्दै माओवादी केन्द्रले आठौं महाधिवेशनको बन्द सत्रमा शुरु भइसकेको निर्वाचन प्रक्रिया स्थगन गरेको छ । महाधिवेशन आयोजक समितिको छलफलले सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गर्ने भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन समितिले आज (आइतबार) दिउँसो २ बजेदेखि लागू हुने गरी कार्यतालिका समेत हेरफेर गरेको छ ।

संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो २ बजेदेखि दिउँसो साढे ३ बजेस्म्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । उम्मेदवारी फिर्ताका लागि बेलुका साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली बेलुका पौने ६ बजे प्रकाशन गरिनेछ ।

माओवादीको निर्वाचन आयोगका अनुसार आज बेलुका साढे ६ बजेदेखि राति साढे १० बजेसम्म चुनावका लागि समय निर्धारण गरिएको छ । हिजो दिउँसो १ बजे शुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘केन्द्रीय कमिटी सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने’ भन्दै निर्वाचन कार्यतालिका स्थगित गर्ने प्रस्ताव गरेका थिए ।

प्रचण्डको प्रस्ताव अनुमोदन भएपछि सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि महाधिवेशन आयोजक समितिमा दिनभर छलफल चलेको थियो । आयोजक कमिटीले हिजो बेलुका साढे ६ बजेसम्म प्रयास गर्दा पनि सहमति नजुटेपछि पौने ७ बजे सुरु भएको बन्द सत्र आज दिउँसो १ बजेसम्म गृहकार्य गर्ने भन्दै पुनः स्थगित गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७