गरिमा विकास बैंकले १६ प्रतिशत लाभांश दिने


२२ पुष २०७८, बिहीबार
Garima bikash bank 589582385 Epbg63ypqq

काठमाडौं, २२ पुस । गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट अधिकतम १६ प्रतिशत बोनस सेयर दिने भएको हो । बिहिबार बसेको बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशतको लाभांश वितरणको प्रस्ताव गरेको हो । यद्यपि, लाभांशमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने बैंकले जनाएको छ ।
यस वर्ष गरिमा विकास बैंकले कुल ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस शेयर बितरण गर्नेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
बैंकले सहारा विकास बैंकलाई प्राप्ति पश्चात कायम ३ अर्व ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ बराबरको चुक्ता पुँजी बाट १६ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।

सहारा विकास बैंक प्राप्तिपछि हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको गत आवबाट प्रस्तावित १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २९७ रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार ४०२ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७