नेपाल प्रहरीका २४ एसएसपीको सरुवा (सूचीसहित)


२३ पुष २०७८, शुक्रबार
police head

काठमाडौं । नेपाल प्रहरीका २४ जना एसएसपीहरुको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निणर्यबाट जनपद प्रहरी तर्फ एसएसपीहरुको सरुवा भएको हो ।

उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा, चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा सरुवा गरिएको छ ।

श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसीमा, बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नल प्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान व्यूरो उपप्रमुख नक्सालमा, भिमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पुजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७