स्थानीयसहित २४ जनामा ओमिक्रोन पुष्टि भएपछि प्रधानमन्त्री कार्यालयमा सीसीएमसीको वैठक


२३ पुष २०७८, शुक्रबार
CCMC PM 20220107103329

काठमाडौं । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक बसिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जनाएको थियो । आज ओमिक्रोन पुष्टि भएका २४मध्ये केहि स्थानीय समेत रहेको बताइएको छ । देशभरिबाट नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा उनीहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही विषयमा छलफल गर्न सीसीएमसीको बैठक बसेको बताइएको छ । बैठकले महत्पूर्ण निर्णय गर्ने बताइएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिएका छन् । चौध हजार ९७१ वटा नमुनाको परीक्षण गर्दा ९६८ वटाको नतिजा पोजिटिभ आएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण मृत्यु हुनको संख्या शून्य छ ।

आज २०२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज देशभर ५ हजार २८६ जना होम आइसोलेसनमा र ४५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये ८१ जना आईसीयू तथा १५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७