भारतमा विदेशबाट आउने सबैलाई एक हप्ता होम क्वारेन्टिन अनिवार्य


२४ पुष २०७८, शनिबार
Best Airports in India for a Perfect Travel Experience2 825x510 1

नयाँदिल्ली । भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको छ । यो नियम जनवरी ११ अर्थात आउँदो मंगलवारदेखि लागू हुनेछ ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा एक हप्ता होम क्वारेन्टिन बस्न आग्रह गरेको छ । भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेको छ ।

विदेशबाट आएका कुल यात्रुको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित भएको पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट एक लाख १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म तीन करोड ५२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७