उखुबारीमा अर्धनग्न अवस्थामा महिलाको शव फेला


२४ पुष २०७८, शनिबार

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका-१० कटानीमा (शुक्रवार) उखुबारीमा अर्धनग्न अवस्थामा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ ।

कटानीकी ३२ वर्षीया सावित्री देवी राम चमारको शव बरहथवा नगरपालिका-७ राम छबिला साहको उखुबारीमा स्थानीयवासीले घाँस काट्ने क्रममा फेला पारेका हुन् । मृतक महिलाको शरीरको विभिन्न भाग जलेकोले घटना शङ्कास्पद देखिएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतक महिला एक हप्ताअघि देखि घरबाटै हराएको स्थानीयवासीले बताएका छन् । मृतक महिलाका श्रीमान् सुरत माझी दुई वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको परिवारले बताएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीम राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७