देउवासँगको भेटपछि ओलीले भने, ‘हामीबीच राम्रो कुराकानी भयो’


२४ पुष २०७८, शनिबार
kp deuva1641628002

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीकै निवासमै पुगेका थिए ।

देउवा-ओलीबीच एक घण्टासम्म ‘वान टु वान’ वार्ता भएको थियो । तर, उनीहरूबीच के-के कुराकानी भएको हो ? त्यसबारे सचिवालयले खुलाएका छैनन् । भेटपछि देउवा केही नबोली बाहिरिएका छन् । ओलीले पनि सञ्चारकर्मीको जिज्ञासामा लामो जवाफ दिएनन् । वार्ता कस्तो भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘कुराकानी राम्रो भयो ।’

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई नेताहरुबीच एक घण्टासम्म वार्ता भएको, तर ‘वान टु वान’ वार्ता भएकाले आफूलाई थाहा नभएको बताए । प्रधानमन्त्री देउवा बालुवाटार फर्किदै छन् । उनको सचिवालयले पनि त्यसबारे बोलेको छैन ।

शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो । यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए । पौडेल-ओली वार्तापछि गठबन्धनमा छलफल गरेरै देउवा ओली निवास गएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७