विदेश जाने युवालाई दुःख दिने दलाललाई अब कारबाही हुन्छ : श्रममन्त्री श्रेष्ठ


२४ पुष २०७८, शनिबार
kisan shrestha

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

तनहुँको व्यास नगरपालिका-१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले आज आयोजना गरेको पहिलो तला भवनको उद्घाटन, स्वागत एवं अभिनन्दन कार्यक्रममा उनले विकास निर्माणको अनावश्यक जस लिने होडमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।
मन्त्री श्रेष्ठले विकास निर्माणमा सहकार्य गर्नुपर्ने उल्लेख गर्दै विकासमा सबैले सहकार्य गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले कोरोनाका कारण धेरै विकास निर्माणका काम अवरुद्ध भएको बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा जाने युवालाई दुःख दिने दलाललाई कानुनी कारबाहीको दायरामा ल्याएरै प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा रानाभाट तथा भाट समाजका पूर्वकेन्द्रीय अध्यक्ष खड्गबहादुर रानाभाटले १५ लाख जनसंख्या रहेको रानाभाट सूचीकृत हुन नसकेको बताए । रानाभाट तथा भाट समाजका गण्डकी प्रदेश उपाध्यक्ष सुरज रानाभाट, ऋषिङ गाउँपालिका-४ का वडाध्यक्ष भोजराज रानाभाट, निर्मल रानाभाट सिर्जनशील समाजका अध्यक्ष बलबहादुर रानाभाटले स्व निर्मल रानाभाटलाई शहिद घोषणा गर्न सरकारसँग माग गरे ।

मन्त्री श्रेष्ठले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत विनियोजन गरेको रु १० लाख बजेटबाट समाजले पहिलो तल्ला थप गरेको हो । समाजले स्व निर्मल रानाभाटको स्मृतिमा बहुउद्देश्यीय भवन निर्माण गरेको छ । भवन निर्माणका लागि व्यास नगरपालिकाले रु पाँच लाख सहयोग गरेको थियो भने समाजका सदस्यबाट रु ३५ लाख सङ्कलन गरिएको भवन निर्माण समितिका संयोजक नारायण रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७