बेलायतमा एकै दिन ३९८ संक्रमितको मृत्यु, संक्रमण दर भने घट्दै


२९ पुष २०७८, बिहीबार
covid 19 london cases transmission

काठमाडौं । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण सुरु भएपछिकै बढी मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ३९८ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि एक लाख ५१ हजार नाघेको छ । संक्रमण दर तीव्र हुँदै गएपनि मृत्युदरमा कमि देखिएपनि केहि दिनयता संक्रमण दर घट्दै गएको र मृत्यु दरमा वृद्धि हुँदै गएको छ ।

पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गतसाताको तुलनामा ३३.४ प्रतिशतले कमी हो । अघिल्लो साता बुधबार करिब एक लाख ९५ हजार संक्रमित भएका थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या एक करोड ४८ लाख ६२ हजार १३८ पुगेको छ । योपटक नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणका कारण बेलायतमा दैनिक संक्रमित संख्या दुई लाख २० हजार नाघेको थियो, जुन महामारीयताकै सबैभन्दा बढी संक्रमित हो ।

ओमिक्रोनका कारण बेलायतमा अस्पताल भर्ना हुनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । बितेको २४ घन्टामा दुई हजार ४९ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने १९ हजार ७३५ जनाको अस्पतालमा उपचार भइरहेको सरकारी तथ्यांकमा उल्लेख छ । यसैगरी ७९३ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ५७ लाख ३९ हजार ३२६ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड २० लाख ११ हजार ८३५ जना अर्थात् ९०.४ प्रतिशतले खोपको पहिलो र ४ करोड ७७ लाख ७४ हजार २४८ जना अर्थात् ८३.१ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी तीन करोड ५९ लाख ५३ हजार २४३ अर्थात् ६२.५ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७