सन्दीपले लिए दुई विकेट, होबर्ट विजयी


२९ पुष २०७८, बिहीबार
sandeep

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनको क्लब होबर्ट हुरिकेन्सले अष्ट्रेलियन बिग बास लिगमा सिड्नी थन्डरलाई ९ रनले हराएको छ ।

मेलबर्नको डकल्यान्ड रंगशालामा टस जितेर ब्याटिङ गरेको होबर्टले ६ विकेट गुमाएर १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्य पछ्याएको सिड्नीले ९ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।

होबर्टको जितमा सन्दीपले चार ओभरमा २६ रन दिएर २ विकेट लिए । सन्दीपले जारी सिजन १२ खेलमा १२ विकेट लिइसकेका छन् । होबर्टका सन्दीपबाहेक रिले मेरेडिथ र जोर्डन थोम्पसनले समान ३ विकेट लिए । डी‘आर्की शोर्टको नाममा एक विकेट रह्यो ।

१७८ रनको लक्ष्य पछ्याएको सिड्नीका लागि एलेक्स हेल्सले सबैभन्दा धेरै ३८ रन जोडे । कप्तान जसोन साङहाले ३१, नाथन म्याकएन्ड्रयूले ३०, ड्यानिस साम्स १८ र बक्सर होल्टले १७ रन बनाए ।त्यसअघि, होबर्टका कप्तान म्याथ्यु वेडले ८३ रन बनाए । कावेल जेवेलले ५१ र बेन म्याकडेरमोटले १८ रन जोडे । सिड्नीका गुरिन्दर सन्धुले २ विकेट लिए भने मोहम्मद हसनैन, ड्यानियल साम्स र तनभीर साङ्हाले एक/एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७