तनहुँमा जीप दुर्घटना : नौं महिने बालिकासहित मृत्तकको संख्या ६ पुग्यो


१ माघ २०७८, शनिबार
271543007 632818734634895 8884970886926670445 n FyzlWCfvqm

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीमा जीप दुर्घटना ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । पाँच जना घाइते भएका छन् ।

बन्दीपुर गाउँपालिका- ६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप हटियामा दुर्घटना हुँदा बन्दीपुर गाउँपालिका-६ धरमपानी बस्ने ९ महिने बालिका आरूबि थापा, २३ वर्षीय रोशन गुरूङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशिलादेवी न्यौपाने, ७६ वर्षीया बिममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उपचारका लागि बन्दीपुर अस्पताल लगिएका उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको हो ।

दुर्घटनामा परी सनिषा थापा, ७ महिनाकी बालिका दिविसा मगर, मम्फुली गुरुङ, कुमारिया गुरुङ र जमुना थापा घाइते भएका छन् । घाइतेमध्ये केहीको बन्दीपुर अस्पतालमा र केहीलाई थप उपचारका लागि अन्यत्र पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटना लगतै घाइतेको उद्धारका लागि गाउँपालिकाको गाडी घटनास्थलमा पठाएर घाइतेलाई उपचारका लागि बन्दीपुर अस्पताल ल्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूणर्सिंह थापाले जानकारी दिए । जीपमा १२ यात्रु थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७