इथियोपियाको युद्धग्रस्त टिग्रेमा एकै महिना कम्तीमा १०८ सर्वसाधारण मारिए : राष्ट्रसंघ


१ माघ २०७८, शनिबार
cq5dam.thumbnail.cropped.1500.844

काठमाडौं । इथियोपियाको युद्धग्रस्त उत्तरी टिग्रे क्षेत्रमा भएको श्रृङ्खलाबद्ध हवाई कारबाहीमा यस महिनामा कम्तीमा १०८ सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बताएको छ । शुक्रबार राष्ट्रसंघले आगामी दिनमा त्यहाँको खाद्य वितरण कार्य रोकिन सक्ने अवस्था रहेको भन्दै मानवीय सङ्कटबारे पनि चेतावनी दिएको छ ।

राष्ट्रसंघीय मानवअधिकार कार्यालयले इथियोपियाली अधिकारीहरूलाई नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । यस संस्थाले गैर-सैन्य निशानामा प्रहार गरिएको असमान आक्रमण युद्ध अपराध बराबर हुनसक्ने चेतावनी दिएको छ ।

यस क्षेत्रको सत्ताधारी दल ‘टिग्रे पीपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ)’ले सङ्घीय सेनाको शिविरमा आक्रमण गरेको प्रधानमन्त्री अबिय अहमदको आरोपपछि उत्तरी इथियोपियाको टिग्रेमा सन् २०२० को नोभेम्बरदेखि द्वन्द्व सुरू भएको हो ।

राष्ट्रसंघीय मानवअधिकार कार्यालयकी प्रवक्ता लिज थ्रोसेलले भनिन्, ‘इथियोपियाको टिग्रे क्षेत्रमा हवाई हमलाका कारण सर्वसाधारण घाइते हुने वा मर्ने अवस्थाले हामीलाई चिन्तित बनाएको छ ।’ उनले थपिन्, ‘इथियोपियन वायुसेनाले गरेको भनिएको हवाई हमलाका कारण नयाँ वर्ष सुरु भएयता कम्तीमा १०८ सर्वसाधारणको मृत्यु भएको र अन्य ७५ जना घाइते भएको रिपोर्टहरुमा जनाइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७