जनगणना २०७८ : १० वर्षमा ३२ जना मात्रै वृद्धि


१५ माघ २०७८, शनिबार
Janagadana

काठमाडौं । २०६८ सालको जनगणनाअनुसार सल्यानस्थित दार्मा गाउँपालिकाको जनसंख्या १९ हजार ९६६ थियो । २०७८ को प्रारम्भिक जनगणनाअनुसार यहाँको जनसंख्या मात्र ३२ जनाले बढेको छ । यसभन्दा अघि गाउँपालिका आफैले गणना गर्दा २३ हजार ४ सय १८ जनसंख्या रहेको तथ्याङ्क निकालेको थियो ।

१० वर्षपछि भएको जनगणनामा दार्मा गाउँपालिकाको जनसंख्या ३२ जनाले मात्र बढ्नु प्रारम्भिक गणना नै त्रुटिपूणर् भएको गाउँपालिकाकाले जनाएको छ । गाउँपालिकामा उल्लेख्य बसाइसराइ र अस्वाभाविक मृत्युदर पनि नभएको भन्दै गाउँपालिकाले गणकलाई त्रुटिपूणर् तथ्याङ्क सङ्कलन गर्दा आफ्नो पालिकाको यथार्थ जनसंख्या आउन नसकेको बताएको छ ।

गाउँपालिकाको जन्मदर पनि ठिकै भएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । अध्यक्ष केसीले उक्त तथ्यांकप्रति सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गरेका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७