एनसेलका कारण नेपाललाई १८ अर्ब घाटा


४ चैत्र २०७४, आईतवार
NCELL

काठमाडौं, ४ चैत : नेपाली सूचना प्रविधिमा निकै रुचाएर प्रयोग गरिरहेको एनसेलका कारण देशलाई भने ठूलो घाटा लागिरहेको छ ।
एनसेलले लाभांश लैजाँदा मुलुकको घाटा १८ अर्ब पुगेको छ । पुससम्ममा ६ अर्ब ६६ करोड रुपैयाँले शोधानान्तर घाटा रहेको भए पनि माघमा घाटा बढेर १८ अर्ब २८ करोड रुपैयाँ पुगेको हो ।NCELL

विदेशी संस्थाले लाभांश लैजाँदा र व्यापार घाटा बढेकोले मुलुकको घाटा बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशी कम्पनीले ३८ अर्ब ३६ करोड रुपैयाँ लाभांशको रुपमा लगेको छ । एनसेलले नै यति रकम लाभांशको रुपमा लगेको राष्ट्र बैंकका एक अधिकारी बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७