भोजपुरमा बोलेरो दुर्घटना : दुईको मृत्यु, १२ गम्भीर घाइते


१७ बैशाख २०८१, सोमबार
acc 3

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवामा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।

आमचोकको बालङ्खाबाट पारकुवा गएको बोलेरो गन्तव्यमा पुगेपछि पार्किङ गर्न घुमाउने क्रममा आज विहान दुर्घटना भएको हो । दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षीया रूना राईको घटनास्थलमै र आमचोक गाउँपालिका–१० कै २६ वर्षीया शान्ति राईको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए ।

घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला मेमोरियल अस्प्तालमा पठाइएको राईले जानकारी दिए । घाइतेको अवस्था पनि गम्भीर रहेको तर विस्तृत विवरण भने आइनसकेको राईले जनाए । उक्त गाडीमा चालक सहित १४ जना सवार रहेको घटनास्थल पुगेकी गाउँपालिका उपाध्यक्ष सीता राईले बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७